Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बाढीपहिरोबाट शनिबार मात्रै ९ जनाको ज्यान गयो

बाढीपहिरोबाट शनिबार मात्रै ९ जनाको ज्यान गयो

  • शनिवार, आषाढ १५ २०८१

  • 1.5K
    SHARES

  • बाढीपहिरोबाट शनिबार मात्रै ९ जनाको ज्यान गयो

    काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको व्यापक क्षति पुर्‍याइरहेको छ । अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा गरी शनिबार मात्र ९ जनाको मृत्यु भएको छ ।

    अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलका अनुसार मृत्यु हुनेमा भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनी सपना विक र बिपना विक रहेका छन् ।

    उता बागलुङमा गएराति गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

    पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

    त्यस्तै आज बिहान पहिरोले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

    आज पर्वत, स्याङ्जा, बागलुङ सुर्खेत र आसपासका जिल्ला भएर बहन खोलाहरूमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाको भनाइ छ ।


    शनिवार, आषाढ १५ २०८१०२:०६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij