Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

हेमन्त शिशिरको “सँगै जुनी काटौला” सार्वजनिक

हेमन्त शिशिरको “सँगै जुनी काटौला” सार्वजनिक

  • शुक्रवार, आषाढ १४ २०८१

  • 871
    SHARES

  • हेमन्त शिशिरको “सँगै जुनी काटौला” सार्वजनिक

    काठमाडौं। चर्चित गायक एवम् सङ्गीतकार हेमन्त शिशिरको नयाँ गीत “सँगै जुनी काटौला” सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमकाबीच उक्त म्युजिक भिडियोको विमोचन गरिएको हो।

    गायक तथा सङ्गीतकार हेमन्त शिशिरको अध्यक्षता भएको उक्त विमोचन कार्यक्रममा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको प्रमुख अतिथि रहेका थिए। विमोचन कार्यक्रम सहित सार्वजनिक भएको गीत “सँगै जुनी काटौला” गीतमा उनै हेमन्त शिशिर र पूजा देवकोटाको स्वर रहेको छ भने अन्जु बिसीको शब्द, हेमन्त शिशिरको सङ्गीत, एरेञ्ज तथा ध्वनि सम्पादन रहेको छ।

    यस गीतको भिडियोमा प्रवीण थापाको निर्देशन रहेको छ । सरोज शाहीको छायाङ्कन गरेका उक्त म्युजिक भिडियोको अमृत चापागाईँको सम्पादन गरेका छन् ।उक्त गीतको भिडियोमा हेमन्त शिशिर र चर्चित मोडल स्मारिका ढकालको अभिनय रहेको छ ।

    विमोचन कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, म्युजिक खबरका प्रधान सम्पादक सुमन वैरागी, चर्चित सङ्गीतकार तथा सङ्गीत प्रशिक्षक नरहरि प्रेमी, स्पेस फोरके टेलिभिजनका समाचार सम्पादक खेम बहादुर बम, चर्चित मोडल स्मारिका ढकाल, चर्चित मोडल एस।के। दाहाल लगायत थुप्रै कलाकार र पत्रकारहरूको उपस्थिति रहेको थियो।

     

     


    शुक्रवार, आषाढ १४ २०८१०६:२६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij