Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

गोविन्द केसीको अनशन पुनः स्थगित

गोविन्द केसीको अनशन पुनः स्थगित

  • शुक्रवार, आषाढ १४ २०८१

  • 542
    SHARES

  • गोविन्द केसीको अनशन पुनः स्थगित

    काठमाडौं।  चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले अनशन स्थगित गर्नुभएको छ।

    बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने फैसला गर्ने न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै अनशन बस्ने तयारीमा रहनुभएका डा. केसीले आज अनसन स्थगित गरेको घोषणा गर्नुभएको हो ।

    आज पत्रकार सम्मेलन गर्दै केसीले शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको जानकारी दिनुभएको हो।

    न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेर दुर्गा प्रसाईँद्वारा सञ्चालित उक्त मेडिकल कलेजलाई सम्बन्धन दिएको केसीको आरोप छ।डा. केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत राजीनामा माग गर्दै आउनु भएको छ।


    शुक्रवार, आषाढ १४ २०८१०४:४२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij