Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुयशालाई कमेडि च्याम्पियन बनाउन शनिबार साँझ साढे ७ बजेसम्म भोट गर्न पाईने

सुयशालाई कमेडि च्याम्पियन बनाउन शनिबार साँझ साढे ७ बजेसम्म भोट गर्न पाईने

  • शुक्रवार, आषाढ १४ २०८१

  • 951
    SHARES

  • सुयशालाई कमेडि च्याम्पियन बनाउन शनिबार साँझ साढे ७ बजेसम्म भोट गर्न पाईने

    काठमाडौँ । कमेडी च्याम्पियन सिजन ३ की सबैभन्दा कान्छी प्रतिश्पर्धी सुयशा खनाललाई मतदान गर्न सार्वजनिक व्यक्तिहरुले आह्वान गर्नु भएको छ ।

    काँग्रेस महामन्त्री गगनकुमार थापा, एमाले नेताद्धय भिम रावल, योगेश भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिंदेल, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, रास्वपा सांसद सोविता गौतम, बरिष्ठ कलाकारहरु राजेश हमाल, दुर्गा रायमाझी, जितु नेपाल, रमेशराज भट्टराई लगायतका सर्यौँ सार्वजनिक व्यक्तिहरुले सुयशालाई मतदान गर्न आह्वान गर्नु भएको हो ।

    उहाँहरुले सानै उमेरमा राम्रो प्रतिभा देखाएकाले सुयशाले नै कमेटि च्याम्पियनको उपाधी जित्नु पर्ने बताउदै शुभकामना दिनु भएको छ । सुयशालाई खल्ती एप मार्फत ३३० मा शनिबार साँझ ७।३० सम्म मतदान गर्न सकिने भएकाले मतदान गरी विजयी गराईदिनु हुन सुयशाका पिता तथा चर्चित हास्य कलाकार सन्तोष खनालले अनुोध गर्नु भएको छ ।

    नेपालको हास्य व्यांग्य इतिहासमै कान्छी स्टाण्ड अप कमेडियनको दर्जामा आफूलाई उभ्याउन सफल खनाल कमेडी च्याम्पियनको इतिहासमा समेत फाइनलमा पुग्ने पहिलो महिला र सबैभन्दा कान्छि प्रतिष्पर्धी हुन् ।

    खनालसँगै सुनिल खड्का, ऋषभ काफ्ले पनि फाइनल पुगेका छन्। खड्का काठमाडौं, काफ्ले सुनसरीका हुन् । सुयशाको भने पुरानो घर पाल्पा र हाल नवलपरासी भएपनि काठमाडौमै बसेर लिटल एन्जल्समा बढ्दै आएकी छिन् ।

    कोभिड महामारीको बेलामा घरमै बसेर बनाएका हास्य व्यांग्य भिडियोहरुबाट समेत चर्चित सुयशा सुरुवातदेखी नै एकपछि अर्को धमाकेदार प्रस्तुति दिएर दर्शकहरुको मन जित्दै दुई पटक पफर्मर अफ दी राउण्ड भएर फाइनल पुगेकी हुन्।

    हरेक पटक फरक फरक प्रस्तुति दिँदै दर्शकहरुको मन जित्न सफल खनालले अन्य प्रतिष्पर्धीहरु सामु आफूलाई अब्बल साबित गरिसकेकी छन्।


    शुक्रवार, आषाढ १४ २०८१०९:५३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij