Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमालेले आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदै

एमालेले आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदै

  • शुक्रवार, आषाढ १४ २०८१

  • 517
    SHARES

  • एमालेले आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदै

    काठमाडौं । आज शुक्रबार जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती, नेकपा एमालेले आज भण्डारीको जन्मजयन्ती मनाउँदै छ ।

    जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।

    नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।

    २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो।

    ०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।


    शुक्रवार, आषाढ १४ २०८१०७:५६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij