Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

लमजुङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटियो

लमजुङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटियो

  • बुधवार, आषाढ १२ २०८१

  • 1.2K
    SHARES

  • लमजुङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटियो

    काठमाडौं । लमजुङको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको हो ।

    मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।

    यस्तै पहिरोले लम्जुङको दोर्दी गाउँपालिकामा –९ मा मंगलबार राति पहिरोले घर भत्किंदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।


    बुधवार, आषाढ १२ २०८१०१:५८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij