काठमाडौं । विराटनगर महानगरपालिकाले सोमबार रु ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा उक्त बजेट पेस गर्नुभएको हो ।
जसअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु ५९ करोड बजेट विनियोजन गरिएको छ । यस्तै ऋणको सावा ब्याज भुक्तानीमा रु ५ करोड, चालु आवको चालु खर्च तर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा रु ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ रु ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन गरिएको कार्कीले जानकारी दिनुभयो ।
यस्तै बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि रु ५० करोड, बस्ती विकास र तराइ मधेस समृद्धि कार्यक्रम तर्फ रु ५ करोड ६० लाख, मर्मत सम्भार तर्फका लागि रु १० करोड तथा भारी सवारी साधन खरिदका लागि रु २ करोड बजेट विनियोजन गरेको कार्कीले जानकारी दिनुभयो ।
यस्तै सामाजिक विकास क्षेत्र अन्तर्गत शैक्षिक विकास कार्यक्रम तर्फ रु ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रम तर्फ रु २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रम तर्फ रु ९९ लाख ५७ हजार, संघ संस्थातर्फ २ करोड ७० लाख बजेट विनियोजन भएको छ ।