Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

  • सोमवार, आषाढ १० २०८१

  • 859
    SHARES

  • स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

    काठमाडौं। आज देशैभरका सबै स्थानीय तहले आगामी आर्थीक वर्षका लागी बजेट ल्याउँदै छन्। आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि देशभरका ७५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्न लागेका हुन्।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ।

    कुल ७५३ पालिका मध्ये आइतबारसम्म ३८ स्थानीय तहले बजेट पेस गरिसकेका छन्। अब ७१५ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिक अनुसार कोशी प्रदेशका दुई, मधेशका ६, बागमतीका ६, गण्डकी प्रदेशमा १४ लुम्बिनीका ३,कर्णालीका १ र सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहले बजेट पेस गरेका छन्।

    असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ।


    सोमवार, आषाढ १० २०८१०९:२६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij