Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट समाधान गर्नुपर्छ : ओली

संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट समाधान गर्नुपर्छ : ओली

  • आइतवार, आषाढ ९ २०८१

  • 634
    SHARES

  • संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट समाधान गर्नुपर्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग वार्ताबाट अविलम्ब सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्ने बताउनुभयो ।

    संघीय संसद् सचिवालयका कर्मचारीहरू केही दिनयता सेवा सुविधाको माग सहित आन्दोलनमा छन् । उनीहरुले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।

    उनीहरुले संसद् सेवाको कर्मचारीहरूमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद् भवन परिसरमै विरोध जनाएका थिए ।


    आइतवार, आषाढ ९ २०८१०१:२७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij