Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

निलम्बनमा परेका सांसद फणीन्द्र देवकोटाद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

निलम्बनमा परेका सांसद फणीन्द्र देवकोटाद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

  • बिहिवार, आषाढ ६ २०८१

  • 1.0K
    SHARES

  • निलम्बनमा परेका सांसद फणीन्द्र देवकोटाद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौं । गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको छ । गण्डकी प्रदेशका मन्त्रीसमेत रहनुभएका देवकोटाले आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै बिहीबार उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै रिट दर्ता गर्नुभएको हो ।

    उहाँले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाउनुभएको छ ।

    देवकोटाले जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गर्नुभएको छ । त्यस्तै प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेश जारी गर्न समेत माग गर्नुभएको हो ।


    बिहिवार, आषाढ ६ २०८१०५:३९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij