Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

आजको संसद बैठकमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने

आजको संसद बैठकमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने

  • बिहिवार, आषाढ ६ २०८१

  • 589
    SHARES

  • आजको संसद बैठकमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने

    काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ। आज प्रतिनिधी सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

    आज प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाकारी दिएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनु भएको छ।

    आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनु हुने छ।

    त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

     


    बिहिवार, आषाढ ६ २०८१०६:४२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij