Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमालेलाई रास्वपाका सांसद ढकालको व्यंग्य भ्यूटावरमा खन्याएको पैसाले कति स्टेडियम बन्थे ?

एमालेलाई रास्वपाका सांसद ढकालको व्यंग्य भ्यूटावरमा खन्याएको पैसाले कति स्टेडियम बन्थे ?

  • बुधवार, आषाढ ५ २०८१

  • 681
    SHARES

  • एमालेलाई रास्वपाका सांसद ढकालको व्यंग्य भ्यूटावरमा खन्याएको पैसाले कति स्टेडियम बन्थे ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले एमाले सरकारमा हुँदा भ्यूटावर बनाएर अनुत्पादक क्षेत्रमा पैसा खन्याएको आरोप लगाउनुभएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिले युवा र खेलाडीका लागि यो देशमा पैसा नहुने टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘एमालेका माननीयज्यूहरूलाई अलिकति सुन्दिन आग्रह गरेँ, यो देशमा स्टेडियम बनाउने पैसा हुँदैन। युवा र खेलकुदका लागि अर्थमन्त्रीले बजेट दिनुहुँदैन । अलि पहिला तपाईँहरूको पालामा देशैभरि बनेको भ्यूटावर हेरौँ तरु कति वटा बन्थ्यो स्टेडियम ? खर्वौँको भ्यूटावर, असरल्ल छ । त्यति अनुत्पादक क्षेत्रमा खर्च गरेर दुई वटा स्टेडियम बनाउन नसक्दाखेरि तपाईँहरूले सदनमा आएर भन्नुपर्छ भ्यूटावरवाला कन्सेप्ट गलत थियो, हामीले स्टेडियम बनाउनपर्थ्यो भनेर। सदन सत्य बोल्ने ठाउँ हो। त्यो बेलामा पैसा थियो ।’


    बुधवार, आषाढ ५ २०८१०५:०२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij