Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मन्त्रालयको बजेट संशोधन गर्नैपर्छ : रमेश लेखक

मन्त्रालयको बजेट संशोधन गर्नैपर्छ : रमेश लेखक

  • बुधवार, आषाढ ५ २०८१

  • 664
    SHARES

  • मन्त्रालयको बजेट संशोधन गर्नैपर्छ : रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताउनुभएको छ। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको छ ।

    प्रमुख सचेतक लेखकले बजेटको मूल मान्यतामा नै त्रुटि भएको बताउनुभयो । उहाँले मन्त्रीजीहरूले आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताउनुभयो । उहाँले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताउनुभयो ।

    प्रमुख सचेतक लेखकले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजनमा हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनः लेखन नगरे बेठिक ढंगले वितरण गर्ने काममा संलग्न भएको निष्कर्षमा कांग्रेस पुग्ने बताउनुभयो ।

     


    बुधवार, आषाढ ५ २०८१०३:३६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij