Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्यागे : शिक्षामन्त्री सुमना श्रेष्ठ

अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्यागे : शिक्षामन्त्री सुमना श्रेष्ठ

  • मंगलवार, आषाढ ४ २०८१

  • 803
    SHARES

  • अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्यागे : शिक्षामन्त्री सुमना श्रेष्ठ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको बताउनुभएको छ ।

    मन्त्रालय सम्हालेको १०० दिनको उपलब्धि मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिँदै मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाडिने बताउनुभयो ।

    मन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेका छन्।

    आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको पनि बताउनुभयो ।

    शिक्षा क्षेत्रलाई राजनीति मुक्त गर्न भन्दै मन्त्री श्रेष्ठले गत वैशाख ४ गते शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने कानुन कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गर्नुभएको थियो ।


    मंगलवार, आषाढ ४ २०८१०५:१४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij