Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सहकारीको रकम अपचलनको छानबिन गर्न गठित संसदीय विशेष समितिले थाल्यो काम

सहकारीको रकम अपचलनको छानबिन गर्न गठित संसदीय विशेष समितिले थाल्यो काम

  • मंगलवार, आषाढ ४ २०८१

  • 921
    SHARES

  • सहकारीको रकम अपचलनको छानबिन गर्न गठित संसदीय विशेष समितिले थाल्यो काम

    काठमाडौं । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बैठक बसिरहेको छ ।

    आइतबार बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी कार्यविधि तयार पारेको थियो ।

    नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको आरोप लगाएपछि एमाले सांसद सूर्य थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । जेठ १५ मा गठित कार्यदललाई अध्ययन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।


    मंगलवार, आषाढ ४ २०८१०२:१९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij