Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

आइडीए २१ बैठक काठमाडौंमा सुरु, विकासमा पछी परेका देशलाई सहयोग गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

आइडीए २१ बैठक काठमाडौंमा सुरु, विकासमा पछी परेका देशलाई सहयोग गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

  • मंगलवार, आषाढ ४ २०८१

  • 643
    SHARES

  • आइडीए २१ बैठक काठमाडौंमा सुरु, विकासमा पछी परेका देशलाई सहयोग गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं। विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गर्नुभएको छ ।

    बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।उहाँले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गर्नुभयो।

    समावेशी आर्थिक विकासका लागि गरिएका एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमा, व्यापार घाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदान (एनडिसी) र पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको बताउनुभयो।

    प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताउनुभएको छ। उहाँले विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीहरूजस्ता कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताउनुभयो।

    आजदेखी ७ गतेसम्म चल्ने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ।


    मंगलवार, आषाढ ४ २०८११०:११:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij