Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ठुलो परिमाणको सुन र पैसासहित चिनियाँ नागरिक पक्राउ

ठुलो परिमाणको सुन र पैसासहित चिनियाँ नागरिक पक्राउ

  • सोमवार, आषाढ ३ २०८१

  • 580
    SHARES

  • ठुलो परिमाणको सुन र पैसासहित चिनियाँ नागरिक पक्राउ

    काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठुलो परिमाणको सुन र पैसासहित विदेशी नागरिकलाई पक्राउ गरेको छ।सीआईबीले काठमाडौंको कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित गएराति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

    पक्राउ परेका चिनियाँ नागरिकको विवरण सीआईबीले गोप्य राखेको छ।सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक नगरेको हो।

    पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले जानकारी दिएको छ। बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ।

    उक्त सुन ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ।

    सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ। सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ।


    सोमवार, आषाढ ३ २०८१०३:४४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij