Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट विराटनगर र सिन्धुलीमा ३ जनाको मृत्युु

कोरोना संक्रमणबाट विराटनगर र सिन्धुलीमा ३ जनाको मृत्युु

  • सोमवार, कार्तिक १७ २०७७

  • 638
    SHARES

  • कोरोना संक्रमणबाट विराटनगर र सिन्धुलीमा ३ जनाको मृत्युु

    काठमाडौं । कोरोना संक्रमणवाट थप ३ जनाको मृत्युु भएको छ । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको हिजो साँझ मृत्यु भएको छ।

    कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो।
    कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार उपचारकै क्रममा मृत्यु भएको हो।

    त्यस्तै ,नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ। पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुुभएको छ । वृद्धको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुुभयो ।

    यसैबिच, सिन्धुलीमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीटंकीकी एक ८४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको हो।

    सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको गयराति मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुुभएको छ ।

     


    सोमवार, कार्तिक १७ २०७७०८:५२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij