Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

यसपटक पनि बजेट पूर्वाग्रह राखेर ल्याइयो : अध्यक्ष लिङ्देन

यसपटक पनि बजेट पूर्वाग्रह राखेर ल्याइयो : अध्यक्ष लिङ्देन

  • आइतवार, आषाढ २ २०८१

  • 533
    SHARES

  • यसपटक पनि बजेट पूर्वाग्रह राखेर ल्याइयो : अध्यक्ष लिङ्देन

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले यसपटक पनि बजेट पूर्वाग्रह राखेर बनाइएको बताउनु भएको छ।

    आजको जारी प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत छलफलअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

    उहाँले अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको समेत बताउनुभयो। उहाँले मन्त्री भएर बजेट छुट्टाउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकेको बताउनुभयो।

    उहाँले ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्न सक्ने भएकाले सामान्य हिसाबले खर्च भाग लगाएर र नियमित कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने बताउनुभयो। उहाँले ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको समेत बताउनुभयो ।


    आइतवार, आषाढ २ २०८१०३:२६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij