काठमाडौं । लामो समयदेखि नेपालमा नाफामूलक इन्टरनेट सेवा प्रवाह गर्दै आएको वर्ल्डलिंक कम्पनीको ठगीधन्दाको खुलासा भएको छ । वर्षौदेखि यो कम्पनीको सेवा लिइरहेका ग्राहकहरुलाई निश्चित समयमा रिचार्ज गर्दा अफर दिइने भन्दै झुक्याइएको विषयको पर्दाफास भएको छ ।
वर्ल्डलिंक कम्पनीले एकमहिनाको रिचार्ज गर्दा १५ दिन फ्रि भन्दै म्यासेज गरेको तर उक्त १५ दिन हालसम्म पनि कम्पनीको एपमा नखुलाइएको पाइएको छ । वर्ल्डलिंक प्रयोगकर्ता खेम बमले आफ्नो सामाजिक सञ्जालमा बताए अनुसार जुन १३, मा उनले रिचार्ज गरेका थिए । १५ दिन फ्रि हुँदा जुलाई २८ मा सकिनुपर्ने भएपनि कम्पनीको एपमा सकिने मिति जुलाई १० देखाएको छ ।
जुन १३ मा फेसबुकमा लेखिएको स्ट्याटस :
वर्ल्डलिंक प्रयोगकर्ता साथीहरुलाई जानकारी
कुरा सामान्य छ, मैले वर्ल्डलिंक कम्पनीको इन्टरनेट प्रयोग गर्दै आएको ४ वर्ष बढी भयो, सामान्यतया आइरहने त्रुटीको त कुरै नगरौँ तर, आज आएको म्यासेजको बारे भन्न चाहान्छु । हिजो राति इन्टरनेटमा हालेको पैसा सकिएछ, म प्रायः बिहानै अफिस हिड्ने, घरमा पनि अफिस र स्कूल जाने भएकोले दिउँसो ३ बजेसम्म त्यति वास्ता गरिएन, रिचार्ज नभएपछि होला वर्ल्डलिंक कम्पनीबाट कल आयो रिचार्ज गर्नका लागि र मैले ओके भने ।
केही समय म आफ्नै काममा व्यस्त भए, मलाई ९८०११९८२८५ नम्बरबाट म्यासेज आयो, त्यहाँ भनिएको थियो, ‘आज साँझ ७ बजेभित्र एक महिनाको रिचार्ज गर्दा १५ दिन फ्री त्यसपछि मैले साढे ६ मा रिचार्ज गरेँ, फेरि अर्को म्यासेज आयो, ‘रिचार्ज भयो, सकिने मिति जुलाई १० ।’
आज जुन १३, आजको मितिबाट वर्ल्डलिंकले भने बमोजिम जुलाई २८ मा सकिनुपर्ने हो । कुरा सानो भएपनि म जस्ता लाखौँ प्रयोगकर्ताबाट यसरी फ्रड गरेर निकै रकम उठ्छ होला । कि मेरो क्यालकुलेटर नमिलेको हो ? यो कुरा कम्पनीसम्मै पुगेर आम प्रयोगकर्ताहरुको अधिकार सुरक्षितका लागि सक्रियता देखाउनु होला ।।
मलाई नदिँदा समस्या छैन तर, यसरी अप्रिल फूल मनाउन त भएन नी !

