काठमाडौं । विदेश भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ ।
राष्ट्रपति पौडेल समकक्षी डा. फ्र्यांक वाल्टर स्टिनमेयरको मैत्रिपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई हिजो बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्र मामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले जनाएको छ।
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको दूतावासले जनाएको छ। राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ।