Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आयो : खेलकुदमन्त्री श्रेष्ठ

सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आयो : खेलकुदमन्त्री श्रेष्ठ

  • शनिवार, आषाढ १ २०८१

  • 1.2K
    SHARES

  • सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आयो : खेलकुदमन्त्री श्रेष्ठ

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताउनुभएको छ ।

    शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उहाँले बताउनुभयो ।

    सरकारमा गएपछि शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा आफूहरुले अनुभव गरिरहेको बताउँदै उहाँले वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीभित्र सल्लाह पनि भएको बताउनुभयो ।


    शनिवार, आषाढ १ २०८१०२:०५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij