Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

‘नयाँ संसद भवनभित्र मदिरा पिउने बार बनाऔँ’

‘नयाँ संसद भवनभित्र मदिरा पिउने बार बनाऔँ’

  • शुक्रवार, जेठ ३२ २०८१

  • 465
    SHARES

  • ‘नयाँ संसद भवनभित्र मदिरा पिउने बार बनाऔँ’

    काठमाडौं। प्रतिनिधिसभाको बैठकमा बन्दै गरेको नयाँँ संसद भवनभित्र मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव आएको छ। आज जारी बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले यस्तो प्रस्ताव गर्नुभएको छ।

    सांसद बजगाँईले विदेशी पाहुनाहरू आउँदाखेरि सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने बताउनु भयो।

    उहाँले भन्नुभयो,‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन्। त्यहाँ ड्रिंक्स गर्न पाइन्छ। अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ। त्यसको लिमिटेशन हुन्छ। त्यसपछि मैले अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहे।’

    संसद भवनभित्र बार निर्माण गर्दा पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने उहाँको विश्वास छ।

     


    शुक्रवार, जेठ ३२ २०८१०२:३५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij