Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

  • शुक्रवार, जेठ ३२ २०८१

  • 364
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

    यस्तै वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

    यी मन्त्रालयको खर्च घटाउन सांसदले प्रस्ताव पेश गर्नेछन्। ती प्रस्तावलाई पनि शुक्रबार नै निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।


    शुक्रवार, जेठ ३२ २०८१०७:३२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij