Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

गिरिबन्धु टी–स्टेटको जग्गा खान नपाउँदा स्याल हुइयाँ मच्चाएको ओलीको आरोप

गिरिबन्धु टी–स्टेटको जग्गा खान नपाउँदा स्याल हुइयाँ मच्चाएको ओलीको आरोप

  • बिहिवार, जेठ ३१ २०८१

  • 758
    SHARES

  • गिरिबन्धु टी–स्टेटको जग्गा खान नपाउँदा स्याल हुइयाँ मच्चाएको ओलीको आरोप

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने बताउनुभएको छ ।

    बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन’, उहाँले भन्नुभयो, ‘आन्तरिक सङ्घर्षका लागि ठाउँ छैन छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’ भित्री पार्टी सङ्घर्ष भन्ने कुरा गलत भएको भन्दै उहाँले भित्री पार्टी छलफल भन्नुपर्ने पनि बताउनुभयो ।

    अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन खोजेको पनि बताउनुभयो । पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने ओलीको कार्यकर्तालाई सुझाव छ । पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भन्दै ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको बताउनुभयो ।

    उहाँले गिरीबन्धु टिस्टेटमा ५१ र १९ विगाहा विक्री गरेर कांग्रेसले बेचेर खाएको भन्दै आफूले कानुन बनाएपछि खान नपाउँदा स्याल हुइयाँ मच्चाएको आरोप लगाउनुभयो ।


    बिहिवार, जेठ ३१ २०८१०५:००:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij