काठमाडौं । जसपा नेपालको एकता महाधिवेशनबाट नेतृत्व सहमतिमै टुंग्याउने निर्विरोध निर्वाचित अध्यक्ष उपेन्द्र यादवले घोषणा गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधिहरूलाई भेला गरी सम्बोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने घोषणा गर्नुभएको हो । उहाँले चुनावमा गए सक्षम, समावेशी र क्रियाशील टिम नबन्ने भन्दै अब गर्ने प्रश्न गर्नुभएकोे थियो ।
त्यसपछि अध्यक्ष यादवले सहमति गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले अब सहमतिमै टिम बनाउनुपर्छ भन्दै त्यसका लागि अनुमति माग्नुभयो। प्रतिनिधिहरू ताली पिटेर अनुमति दिएपछि अध्यक्ष यादवले धन्यवाद ज्ञापन गर्नुभयो ।
अध्यक्ष यादवको आग्रहमा सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । एक नेताका अनुसार अब उम्मेदवारी परेको पदबाट अन्य पदमा पनि नेतालाई व्यवस्थापन गर्न सकिने भएको छ ।
महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार २०१ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३७२ उम्मेदवारी परेको थियो ।
अध्यक्ष यादवले चुनाव गराएमा एउटै भूगोल र समुदायका नेताहरू चयन हुने बताएका थिए ।