Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

अब केही वर्षभित्रै देशको नेतृत्व वैकल्पिक शक्तिले गर्छ : डा. बाबुराम भट्टराई

अब केही वर्षभित्रै देशको नेतृत्व वैकल्पिक शक्तिले गर्छ : डा. बाबुराम भट्टराई

  • बुधवार, जेठ ३० २०८१

  • 471
    SHARES

  • अब केही वर्षभित्रै देशको नेतृत्व वैकल्पिक शक्तिले गर्छ : डा. बाबुराम भट्टराई

    काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अबको केही वर्षभित्रै वैकल्पिक शक्तिले नै देशको नेतृत्व गर्ने बताउनु भएको छ।

    पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. भट्टराईले अहिलेको व्यवस्थालाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताउनु भएको हो ।

    डा. भट्टराईले राजनीतिक स्थीरता र भ्रष्टाचारमुक्त देश नबनाएसम्म विकास हुन नसक्ने बताउँदै पुराना दलका नेताहरू धृतराष्ट बनिसकेको भन्दै उनीहरूको बाहुपासमा नफस्न नयाँ दलका नेताहरूलाई सुझाव दिनुभयो ।

    अहिलेको संविधान आधा भरिएको र आधा खाली गिलास भएको भन्दै यसलाई पूर्ण बनाउन शासकीय स्वरुप लगायतका व्यवस्थालाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

     


    बुधवार, जेठ ३० २०८१०५:४३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij