Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेताहरुको व्यवस्थापनका लागि मात्रै प्रदेश : रवि लामिछाने

नेताहरुको व्यवस्थापनका लागि मात्रै प्रदेश : रवि लामिछाने

  • बुधवार, जेठ ३० २०८१

  • 757
    SHARES

  • नेताहरुको व्यवस्थापनका लागि मात्रै प्रदेश : रवि लामिछाने

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको समेत बताउनुभयो ।

    बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरूलाई लिएर धेरै जिज्ञासाहरू छन् । हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरूलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ ।’

    गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताउनुभयो ।


    बुधवार, जेठ ३० २०८१०५:१६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij