Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

अहिलेको गठबन्धन मन नमिलेको दिमाग मिलेको हो रामनारायण बिडारी

अहिलेको गठबन्धन मन नमिलेको दिमाग मिलेको हो रामनारायण बिडारी

‘सांसदहरुले भत्ता पचाउने बाहेक केहि काम गरेनन्’
  • बुधवार, जेठ ३० २०८१

  • 470
    SHARES

  • अहिलेको गठबन्धन मन नमिलेको दिमाग मिलेको हो रामनारायण बिडारी

    काठमाडौं । अहिलेको गठबन्धन मन नमिलेको दिमाग मिलेको भएको माओवादी नेता बिडारीको भनाइ, सांसदहरुले भत्ता पचाउने बाहेक केहि काम नगर्ने आरोप ।

    नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले अहिलेको गठबन्धन मन नमिलेको दिमाग मिलेको भएको बताउनुभएको छ ।
    दिमाग र मन फरकफरक भएकाले गठबन्धनमा बाहिर मिलेकोजस्तै देखिए पनि भित्र भने मतभेद कायमै रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले, रास्वपासँगको सहकार्यमा सरकार गठनको आज १ सय दिन पूरा भएको छ । नेता बिडारीले सय दिनसम्म गठबन्धन टिक्नु नै राम्रो पक्ष मान्नुपर्ने तर्क गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले सत्तापक्षका नेता, कार्यकर्ता तथा दल टिकाउनमा र विपक्षका नेता र दलहरु सत्ता भत्काउनमा मात्रै तल्लीन रहेको आरोप लगाउनुभयो । बकुल्लाले माछा कुरे जस्तै विपक्षी दलले सत्ता कुरिराख्ने सत्तापक्ष भने जोगाउन लाग्ने यहि खेलले अहिले देश अगाडि बढेको नेता बिडारीको भनाइ छ ।

    नेता, मन्त्री र कार्यकर्ताले देश विकाश, जनहित, जनकल्याणकाबारे सोच्ने छलफल गर्ने र निर्णय गर्नेजस्ता कार्यहरु नगरेका कारण देश उधो गतिमा गइरहेको टिप्पणी गर्नुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता बिडारीले सांसदरु भत्ता पचाउन बाहेक केहि काम गर्ने नदेखिएको आरोप लगाउनुभयो । प्रतिनिधिसभाको हिजोको बैठकमा आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल गर्ने कार्यसूची तय थियो । तर बजेट तथा योजनामाथि संसद्मा हुने छलफलमा सांसदकै रुचि देखिएको छैन भने हाजिर गर्दै सांसदहरु बाहिरिएका छन् ।

    संघीय संसदमा प्रदेश सभामा रोजगारीका निम्ती सांसद आएको र जागिर खाएर बस्ने बाहेक एउटा निजामति कर्मचारीले गर्ने कामसम्म पनि नगर्ने बताउनुभयो ।

    जनतासामु बोलेको र गरेका प्रतिवद्धताहरु पदमा पुगेपछि सबै बिर्सिने प्रवृति पूरानै रहेको पनि उहाँको भनाइ छ ।
    सांसदलाई मन नभएको र सरकारलाई पनि ध्यान नहुँदा सांसदहरु संसदमा बस्न नचाहेको नेता बिडारीको तर्क रहेको छ ।


    बुधवार, जेठ ३० २०८१०९:५८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij