Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा हरियालीः यस्तो छ आजको कारोबार

सेयर बजारमा हरियालीः यस्तो छ आजको कारोबार

  • मंगलवार, जेठ २९ २०८१

  • 761
    SHARES

  • सेयर बजारमा हरियालीः यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेपसेमा आज हरियाली छाएको छ। आज नेप्से उच्च अंक ३३.१५ ले बढेर २११५.२४ विन्दुमा पुगेसँगै सबै परिसूचक हरियाली भएका हुन्।

    हिजोको तुलनामा आज नेप्से १.६९ प्रतिशतले वृद्धि भएको हो। आज पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिजो पाँच अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

    यसदिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ। एसियन हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने स्थिर छ।

    आज बरूण हाइड्रोपावर, ग्रीनभेन्चर, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ। सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ। यो समूहको परिसूचक २.५८ प्रतिशतले वृद्धि भएको छ।


    मंगलवार, जेठ २९ २०८१०३:३८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij