Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

गृहमन्त्रीज्यू, सरकार ठुलो कि जीबी राई ?

गृहमन्त्रीज्यू, सरकार ठुलो कि जीबी राई ?

  • मंगलवार, जेठ २९ २०८१

  • 425
    SHARES

  • गृहमन्त्रीज्यू, सरकार ठुलो कि जीबी राई ?

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले गिरीबन्धु प्रकरणको फाइल खोल्ने कुरा कहाँ गयो भनि सरकारलाई प्रश्न गर्नुभएको छ।

    आज जारी संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न गर्नुभएको हो । उहाँले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गर्नुभयो ।

    सांसद शाहीले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउदै सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप समेत लगाउनु भयो। उहाँले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गर्नुभयो।

    उहाँले भन्नुभयो,– आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।’

    सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभयो ।

     


    मंगलवार, जेठ २९ २०८१०२:२३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij