Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपालले आज यमनको सामना गर्दै, किरण चेम्जोङको १ सयौँ खेल

नेपालले आज यमनको सामना गर्दै, किरण चेम्जोङको १ सयौँ खेल

  • मंगलवार, जेठ २९ २०८१

  • 587
    SHARES

  • नेपालले आज यमनको सामना गर्दै, किरण चेम्जोङको १ सयौँ खेल

    काठमाडौं । फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै छ। खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियम राति पौने १२ बजे सुरु हुने छ। 

    यो खेल यमनमा हुनुपर्ने थियो। तर मध्यपूर्वी टोलीले घरेलु मैदानमा नेपाललाई आतिथ्यता दिन नसक्ने बताएपछि खेल न्युट्रल भेन्युमा हुन लागेको हो।

    नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आज नेपालका तर्फबाट १ सयौँ खेल खेल्दै छन्। 

    उनी नेपालका लागि १ सय अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो र एकमात्र खेलाडी बन्दै छन्। नेपाल यस अघिनै फिफा विश्वकप छनोटबाट  बाहिरिसकेको छ । 

    समूह एच मा रहेको नेपाल चार टिममध्ये सबैभन्दा पुछारमा छ। यमनविरुद्धको खेलसँगै नेपालले यस पटकको विश्वकप छनोट यात्रा टुङ्ग्याउँदै छ। दोस्रो चरणमा ५ खेल खेलेको नेपालले १८ गोल खाँला एक गोल पनि फर्काउन सकेको छैन। दोस्रो चरणमा एक गोल पनि गर्न नसक्ने नेपाल एक मात्र टिम हो।

     


    मंगलवार, जेठ २९ २०८११०:०८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij