Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

  • आइतवार, जेठ २७ २०८१

  • 481
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।

    पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ दिउँसो साढे १ बजे नयाँदिल्ली जाने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    प्रधानमन्त्री प्रचण्डको साथमा उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत सरकारी कर्मचारी भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मोदीले साँझ शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उहाँबीच भेटवार्ता हुने नयाँदिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

    मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका नै भारतका राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किनुहुनेछ ।


    आइतवार, जेठ २७ २०८१०८:२५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij