Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

मधेशमा जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी पेश

मधेशमा जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी पेश

  • शुक्रवार, जेठ २५ २०८१

  • 409
    SHARES

  • मधेशमा जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी पेश

    काठमाडौं । मधेश प्रदेशमा जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दावी पेश गरिएको छ । राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उहाँले बिहानै दाबी पेस गर्नुभएको हो ।

    सिंहले एमाले, माओवादी केन्द्र, जनमत, नेकपा एस, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गर्नुभएको हो ।

    १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनीहरुले दाबी गरेका छन् ।

    मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज बिहान १० बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।


    शुक्रवार, जेठ २५ २०८१०८:३८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij