Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

११ देशका राजदूतहरू फिर्ता

११ देशका राजदूतहरू फिर्ता

  • शुक्रवार, जेठ २५ २०८१

  • 428
    SHARES

  • ११ देशका राजदूतहरू फिर्ता

    काठमाडौं । सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ।

    हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका बेलायत सहित देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस, जसपा नेपालसहितका दलका कोटामा राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो ।

    सरकारले भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि राजदूत ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा। रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता बोलाएको हो ।

    यस्तै पोर्चुगलका लागि नियुक्त भएका, तर जान बाँकी रहेका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ ।


    शुक्रवार, जेठ २५ २०८१०८:२६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij