काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगको छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुने संयोजक सूर्य थापाले बताउनुभयो ।
गत बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो।
सहकारीमा देखिएको हिनामिनाबारे छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो। समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।