Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्री प्रचण्ड र नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री प्रचण्ड र नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

  • बिहिवार, जेठ २४ २०८१

  • 281
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

    सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्नुभएको हो ।

    त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।


    बिहिवार, जेठ २४ २०८१०८:४७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij