Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले जवाफ दिने कार्यसूची

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले जवाफ दिने कार्यसूची

  • बुधवार, जेठ २३ २०८१

  • 297
    SHARES

  • प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले जवाफ दिने कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेटमाथि छलफल जारी रहनेछ ।

    संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची रहेको छ ।

    बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र ‘भन्सार महसुल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     


    बुधवार, जेठ २३ २०८१०८:१५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij