Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

  • बुधवार, जेठ २३ २०८१

  • 311
    SHARES

  • मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

    पछिल्लोपटक सत्ता गठबन्धनमध्येका एमाले र नमाओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

    कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिनुभयो ।


    बुधवार, जेठ २३ २०८१०७:४५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij