Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

नेपाल पत्रकार महासंघको चुनाव सर्ने निश्चीत

नेपाल पत्रकार महासंघको चुनाव सर्ने निश्चीत

  • मंगलवार, जेठ २२ २०८१

  • 408
    SHARES

  • नेपाल पत्रकार महासंघको चुनाव सर्ने निश्चीत

    काठमाडौं। नेपाल पत्रकार महासंघको चुनाव सर्ने पक्का भएको छ। मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण आगामी जेठ २६ गते हुने भनिएको चुनाव सर्ने भएको हो।

    महासंघका उपाध्यक्ष उदय जीएमले केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार १ हप्ता चुनाव सर्ने लगभग पक्का भएको जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिमा रहेका भूगोलका साथीहरुको विवाद समाधान नभएका कारण केही समयका लागि सार्ने हो कि भनी सुझाव दिनु भएको छ, आज पनि त्यस विषयमा छलफल गरी एउटा टुङ्गोमा पुगिन्छ, मतदाता नामावलीमा लगभग सहमति भइसकेको छ, निर्वाचन समितिलाई नामावली बुझाउने सम्भावना छ ।’

    जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र कुनै नाममाथि उजुरी परेको छ वा विवाद छ भने त्यसलाई महासंघले गठन गरेको समितिले सच्याएर निर्वाचन समितिलाई बुझाउने सहमति बनेको उहाँले बताउनुभयो।

    उहाँले अब ३१–३२ गतेतिर चुनाव हुने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो ।

     


    मंगलवार, जेठ २२ २०८१०३:५५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij