Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

ओलीमाथी उत्तेजक अभिव्यक्ति नदिन मेयर बालेनलाई योगेश भट्टराईको चेतावनी

ओलीमाथी उत्तेजक अभिव्यक्ति नदिन मेयर बालेनलाई योगेश भट्टराईको चेतावनी

  • मंगलवार, जेठ २२ २०८१

  • 662
    SHARES

  • ओलीमाथी उत्तेजक अभिव्यक्ति नदिन मेयर बालेनलाई योगेश भट्टराईको चेतावनी

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)सांसद योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले दिएको अभिव्यक्तिमा आपत्ती जनाउनु भएको छ।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले मेयर शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाउँदै राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन चेतावनी दिनुभयो।

    उहाँले भन्नुभयो,“हामी काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौं।एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौँको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,” सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भन्नुभयो, “काठमाडौँलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ? आउनुहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।”

    सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको बताउनुभयो ।

    “गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको छ”, सांसद भट्टराईले भन्नुभयो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण जनताका धेरै विषय सदनमा उठाउन नसकिएको बताउनुभयो ।


    मंगलवार, जेठ २२ २०८१०३:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij