Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

देशमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राप्रपाको प्रस्ताव

देशमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राप्रपाको प्रस्ताव

  • मंगलवार, जेठ २२ २०८१

  • 445
    SHARES

  • देशमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राप्रपाको प्रस्ताव

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रस्ताव गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले सरकारले ल्याएको बजेट र गणतन्त्र उस्तैउस्तै काम नलाग्ने भइसकेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘यो देशमा राष्ट्रिय सहमतिको साथ आफूले गरेका गल्तीहरू स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर बढेन भने यो देशमा गणतन्त्र रूपी गाडीको तेल सकिसकेको अवस्था छ । गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामी किन नयाँ सोचका साथ अगाडि बढेनौं ।’

    सांसद पाण्डेले देशलाई संकटबाट जोगाउन गम्भीर हुन सबै शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो।


    मंगलवार, जेठ २२ २०८१०२:११:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij