Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

गिरिबन्धुमा ओलीले अनियमितता गरेको बालेनको दाबी

गिरिबन्धुमा ओलीले अनियमितता गरेको बालेनको दाबी

  • सोमवार, जेठ २१ २०८१

  • 475
    SHARES

  • गिरिबन्धुमा ओलीले अनियमितता गरेको बालेनको दाबी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन आग्रह गर्नुभएको छ ।

    मेयर शाहले झापाको गिरीबन्धु टी–स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गर्नुभएको छ ।

    आज बिहान बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थालेको भन्दै कटाक्ष गर्नुभएको छ ।

    बालेनले लेख्नुभएको छ:

    ‘१० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ।

    झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ " भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  

    यही  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । 

    अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

    अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’

     


    सोमवार, जेठ २१ २०८११०:३९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij