Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

  • आइतवार, जेठ २० २०८१

  • 294
    SHARES

  • राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

    काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । जसअनुसार राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यसूची रहेको छ ।

    राष्ट्रियसभाको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारद्वारा संसदमा प्रस्तुत बजेटमाथि आजबाट छलफल हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आजको बैठकमा बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको वार्षिक आयव्ययको विवरण बजेट ल्याएको थियो ।

    जेठ १५ गते संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम विनियोजन गरेको बताउनु भएको थियो ।

     


    आइतवार, जेठ २० २०८१०८:०३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij