Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गृह मन्त्रालयद्वारा प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

गृह मन्त्रालयद्वारा प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

  • बिहिवार, जेठ १७ २०८१

  • 1.0K
    SHARES

  • गृह मन्त्रालयद्वारा प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन
    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । 
     
    कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य रहेका छन् । 
     
    समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । 
     
    नेपाल प्रहरीको अवकाशको उमेर हद पद अनुसार फरक फरक छ । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू ५८ वर्षमा अनिवार्य अवकाशमा जाँदैछन् । तर यी तीन वटै सुरक्षा निकायले भने उमेर हद बढाएर ६० वर्ष  पुर्‍याउनुपर्ने लबिङ गर्दै आएका थिए ।
     
    निजामती कर्मचारीको उमेर हद पनि हाल ५८ वर्ष नै रहेको छ । संसद्मा विचाराधीन संघीय निजामती सेवा विधेयकमा भने ६० वर्ष प्रस्ताव गरिएको छ ।
     
    आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सुरक्षाकर्मीहरूको अवकाशको उमेर हदलाई पुनरावलोकन गर्ने उल्लेख छ । बजेटमा भएको सोही व्यवस्था अनुसार गृह मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो ।
     


    बिहिवार, जेठ १७ २०८१०१:४८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij