Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बजेट जनतालाई आशा जगाउने गरी आएको छ : अर्थमन्त्री पुन

बजेट जनतालाई आशा जगाउने गरी आएको छ : अर्थमन्त्री पुन

  • बुधवार, जेठ १६ २०८१

  • 433
    SHARES

  • बजेट जनतालाई आशा जगाउने गरी आएको छ : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट आशा जगाउने खालको आएको बताउनुभएको छ ।

    अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको दाबी गर्नुभएको हो ।

    ‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं,’ अर्थमन्त्री पुनले भन्नुभयो, ‘सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । हतपतमा केही मान्छेको कुरा सुनेर करका दर बनाएका छौं । केही इरर हुन सक्छ । आजका दिनमा हामी आँखा जुधाएर कुरा गर्न सक्ने अवस्थामा छौं । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं ।’

    चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको उहाँले बताउनुभयो । बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको भन्दै युवामा देशभित्र अवसर खोज्ने प्रयास गरिएको उहाँको भनाइ छ ।


    बुधवार, जेठ १६ २०८१०१:५३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij