Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि, पुर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि, पुर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

  • बुधवार, जेठ १६ २०८१

  • 346
    SHARES

  • एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि, पुर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

    काठमाडौं । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि शुरु हुँदै छ । एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा राष्ट्रिय महिला भेला हुन लागेको हो ।

    नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुने दुई दिने भेलाको पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मध्यान्ह १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागिता हुनेछ ।

    एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ ।

    भेलामा सहभागीहरुले १२ समूह विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने पार्टीले जनाएको छ ।


    बुधवार, जेठ १६ २०८१०८:५१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij