Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिकः कुन मन्त्रालयको बजेट कति ? (पूर्णपाठसहित)

बजेट सार्वजनिकः कुन मन्त्रालयको बजेट कति ? (पूर्णपाठसहित)

  • मंगलवार, जेठ १५ २०८१

  • 775
    SHARES

  • बजेट सार्वजनिकः कुन मन्त्रालयको बजेट कति ? (पूर्णपाठसहित)

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आज संसदको संयुक्त बैठकमार्फत १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो।

    विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत),पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) विनियोजन गरिएको छ।

    यस्तै खर्च बेहोर्ने स्रोतका रूपमा सरकारले आगामी आर्थिक वर्ष राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बेहोर्ने र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यवस्था गरिने बताएको छ।

    बजेटको मन्त्रालयगत वितरण :

    –कृषि तथा पशुपक्षी मन्त्रालयका लागि  ५७ अर्ब २९ करोड

    –उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड 

    –सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड

    –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ

    –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ 

    –वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ 

    –शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ

    –उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ 

    –खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ

    –श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ 

    –भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ

    –रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ

    –गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ 

    –परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ 

    –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ

    –युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ 

    यस्तो छ आज सार्वजनिक बजेटको पूर्णपाठः


    मंगलवार, जेठ १५ २०८१०६:५७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij