Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब बजेट सार्वजनिक, कुन शिर्षकमा कति ?

आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब बजेट सार्वजनिक, कुन शिर्षकमा कति ?

  • मंगलवार, जेठ १५ २०८१

  • 603
    SHARES

  • आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब बजेट सार्वजनिक, कुन शिर्षकमा कति ?

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकोे छ। आज संघिय संसदअन्तर्गत संयुक्त बैठमा अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षका लागी १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो।

    यो चालू आर्थिक वर्षका तुलनामा करीब ६ प्रतिशतले धेरै हो। आगामी वर्ष खर्च हुने प्रस्ताव गरिएको रकममध्ये चालू खर्चका लागि ११ खर्ब ४९ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ।

    त्यस्तै, पूँजीगत खर्चका लागि तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात १८.९४ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थाका लागि तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ छुट्याइएको छ।

    आगामी वर्ष १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ। त्यसैगरी, ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान आउने अनुमान गरिएको छ। 

    राजस्व र अनुदानबाट प्राप्त रकमले अपुग हुने पाँच खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ आन्तरिक र बाह्य ऋण लिने प्रस्ताव गरिएको छ। यसमध्ये दुई खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ विदेशी ऋण र तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण हुनेछ।


    मंगलवार, जेठ १५ २०८१०५:०९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij