Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिक : गाई भैँसीको नश्ल सुधार गर्न ३८ करोड

बजेट सार्वजनिक : गाई भैँसीको नश्ल सुधार गर्न ३८ करोड

  • मंगलवार, जेठ १५ २०८१

  • 388
    SHARES

  • बजेट सार्वजनिक : गाई भैँसीको नश्ल सुधार गर्न ३८ करोड

    काठमाडौं। सरकारले गाई भैँसी नश्ल सुधारका लागि ३८ करोड र भ्याक्सिन उत्पादनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ।

    अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै स्वदेशमै बढी दुध उत्पादन गर्ने पशुको विकासका लागि गाई र भैँसीमा नश्ल सुधारका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो।

    पशुपक्षीको रोग नियन्त्रण गर्नका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने बताउनुभयो। आगामी ३ वर्षभित्र पिपिआर र स्वाइन फ्लू रोग उन्मूलन गर्ने गरी निःशुल्क खोप सञ्चालन गर्ने उहाँको भनाइ छ।

    खोरेत रोग उन्मूलन गर्न खोप अभियान सञ्चालन गर्ने र खोप उत्पादन गर्नका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको पुनले बताउनुभयो।


    मंगलवार, जेठ १५ २०८१०३:४८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij